बुटवलमा बम विष्फोट, धुजा-धुजा परेकाे पर्चा ठम्याउँदै प्रहरी
वि.सं.२०७९ वैशाख २९ बिहीवार ०३:४६
shares
बुटवलको मिलनचोकमा बुधबार साँझ विष्फोट भएकाे छ । मिलनचोकस्थित सनराइज बैंक अगाडि साँझ ८:३० बजे विष्फोट भएकाे प्रहरीले जनाएकाे छ । विष्फाेट भएकाे स्थानमा 'बन्द सफल पाराैं' लेखिएकाे पर्चा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पाैडेल न्युजकाराेबारलाई बताए ।
उनका अनुसार धुजा-धुजा परेका पर्चालाई जाेडेर त्यसमा लेखिएकाे कुरा पत्ता लगाउने प्रयास भइरहेकाे छ । 'विष्फाेट भएकाे हाे । थप केही खुल्ला कि भनेर पर्चामा लेखिएकाे व्यहाेरा पत्ता लगाउने प्रयास भइरहेकाे छ । घटनाबारे सबै विवरण आउने क्रममा छ,' डीएसपी पाैडेलले भने ।

























