global ime bank Long Banner Ad

गृहपृष्ठ मतदाता परिचयपत्रबाहेक कुन-कुन कागजातबाट मतदान गर्न पाइन्छ ? यस्ताे छ आयोगकाे निर्णय

मतदाता परिचयपत्रबाहेक कुन-कुन कागजातबाट मतदान गर्न पाइन्छ ? यस्ताे छ आयोगकाे निर्णय

मतदाता परिचयपत्रबाहेक कुन-कुन कागजातबाट मतदान गर्न पाइन्छ ? यस्ताे छ आयोगकाे निर्णय

निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ । शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्रसहित परिचय खुल्ने अन्य कागजातबाट मतदान गर्न पाउने निर्णय गरेकाे हाे ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको हो । यो कागजात अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

प्रकाशित समय : ०२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु