काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गरिमा विकास बैंक र लस्कर फूड्सबीच कर्पोरेट लन्च प्याकेजको सम्झौता

11.19K
shares

गरिमा विकास बैंकले लस्कर फूड्सको कर्पोरेट लन्च प्याकेज लिने सम्झौता गरेको छ । सम्झौताअनुसार अब लस्कर फूड्सको कर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा–शाखामा पुग्ने छ ।

लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर–घर÷ कार्यालयमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यहीअनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो ।

काठमाडौं उपत्यकाका कार्यालयहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत (सीईओ) सुमन ओस्तीले बताए । लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो ।

लस्कर फुड्सले आकर्षक ‘कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्सको कर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने सीईओ ओस्तीले बताए ।