गृहपृष्ठ बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको छन्् ।

बुधबार अकश्मात भोटेकोशीमा बाढी गएपछि उच्चस्तरीय बैठक आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएका प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाका अनुसार नुवाकोटस्थित नेपाली सेनाको श्री नं। १ गण तालिम केन्द्र, मैथली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्लास्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिए । उनले अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिएको मन्त्री डा।तिमिल्सिनाले जानकारी दिए ।

“सङ्कटग्रस्त जिल्ला घोषणा भइसकेको अवस्थामा उद्धार र राहतलाई प्राथमिकता दिन प्रधानमन्त्रीले निर्देशन दिएको छन् ।‘जीवन उद्धार पहिलो प्राथमिकतामा पर्नुपर्छ । सङ्कटको समयमा सरकार साथमै छ । सरकार चिन्तित छ, पीडितको राहत र सहयोगका लागि कुनै अभाव हुन दिँदैनौँ’ भनेका छ,न्” प्रधानन्त्रीको भनाई उद्धृत गर्दै मन्त्री तिमिल्सिनाले भने ।

बैठकमा प्रधानमन्त्री शाह, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सञ्चारमन्त्री डा। तिमिल्सिना, प्रधानसेनापति अशोकराज सिग्देल, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागी थिए।

एकद्वार प्रणालीमार्फत राहत तथा उद्धार

बैठकपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशनबमोजिम सबै निकायलाई ‘हाई अलर्ट’मा राखेर विपद्पछिको कार्य भइरहेको जानकारी दिए।

उनले ठूलो र अकल्पनीय विपद् परेकाले उद्धार तथा राहतको काम चुनौतीपूर्ण भए पनि जिल्लामा आएका राहत सामग्री जिल्ला प्रशासन कार्यालयको समन्वयमा एकद्वार प्रणालीमार्फत स्थानीय तह र राजनीतिक दलसँग समन्वय गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्‍याइएको बताए ।

बाढी प्रभावित क्षेत्रमा धेरै पुल बगेकाले पुल निर्माणलगायत विषयमा उच्चस्तरीय संयन्त्रमा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिए । “विद्युत् आपूर्ति जोडिएको छ । धेरै पुल बगेकाले बेलीब्रिज बनाउने कि अन्य विकल्पमा जाने भन्ने विषयमा उच्चस्तरीय संयन्त्रमा छलफल गरेर अगाडि बढछौँ,” प्रजिअ रेग्मीले भने ।

नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायक कम्पनीका टावरमा विद्युत् आपूर्ति नहुँदा हेलिकप्टरमार्फत जेनेरेटर पठाएर विद्युत् आपूर्ति सुचारु गरिएको उनले बताए । विद्युत् आपूर्ति भएपछि दूरसञ्चार सेवा पनि सहज भएको उहाँको भनाइ छ । प्रजिअ रेग्मीका अनुसार जिल्लाको आन्तरिक व्यवस्थापनलाई सहज बनाउन अधिकतम प्रयास भइरहेको छ ।

हेलिकप्टरबाट ४१४ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म हेलिकप्टरमार्फत ४१४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६४ जना विदेशी नागरिक रहेका छन् । तीमध्ये १८ जनालाई सम्बन्धित दूतावास वा सम्पर्क सूत्रमार्फत पठाइसकिएको छ भने बाँकी विदेशी नागरिकलाई अस्थायी सेल्टरमा राखिएको छ ।

उद्धार गरिएका नेपाली नागरिकमध्ये १८९ जनालाई सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । बाँकीलाई जिल्लाका विभिन्न सात स्थानमा स्थापना गरिएका अस्थायी सेल्टरमा राखिएको छ । हालसम्म करिब एक हजार २०० जना सेल्टरमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभित्र हालसम्म २६ वटा शव फेला परेका छन् । तीमध्ये आठ वटा शव काठमाडौँ पठाइसकिएको छ ।सरकारले उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

 

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु