गृहपृष्ठ भोटेकोशी बाढीः कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो

भोटेकोशी बाढीः कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो

भोटेकोशी बाढीः कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो This photo released by Xinhua News Agency, shows a mudslide-hit area near Gyirong Port in southwestern China's Tibetan Autonomous Region on Wednesday, Aug. 26, 2026. (Xinhua via AP)

कैलाली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ४९ जना सम्पर्कविहीन भएका छन् । यसअघि ४० जना सम्पर्कविहीन भएका जानकारी पाइएकामा आफन्त तथा परिवारका सदस्यले प्रहरीमा थप नाम टिपाएपछि उक्त सङ्ख्या ४९ पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।

काम, व्यवसाय तथा अन्य सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका कैलालीका नागरिक सम्पर्कमा नआएपछि उनिहरूका आफन्त तथा परिवारका सदस्यमार्फत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । पछिल्लो विवरणमा थप नौ जनाका आफन्तले प्रहरीमा जानकारी गराएका उनले बताए ।

प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार रसुवामा रहेका आफन्त तथा परिवारका सदस्यसँग सम्पर्क हुन नसकेको भन्दै प्रहरीमा नाम टिपाउने क्रम जारी छ । आफन्तबाट प्राप्त सूचनाका आधारमा प्रहरीले सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलन तथा अद्यावधिक गरिरहेको छ ।

रसुवामा विभिन्न काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीवासीको अवस्था बुझ्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको तिमिल्सिनाले बताए । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

 

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु