गृहपृष्ठ भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
गण्डकी . रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारीदेखि तीर्थयात्रीसम्म रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिP ।
उgका अनुसार पोखरा महानगरपालिका–१७ का सविना पौडेल, पोखरा–१५ का छमप्रकाश थापा, मनु बुढा, पोखरा–५ का सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लिलाबहादुर थापा, सुमन श्रेष्ठ, पोखरा–१५ का देवीकुमारी गुरुङ, पोखरा–१३ का विनु गुरुङ र पोखरा–१४ का गोविन्दबहादुर अधिकारी रह]को छg\ ।
यस्तै सिराहा घर भई हाल पोखरामा बसोबास गर्नुहुने आनन्दकुमार महतो, सिन्धुली घर भई पोखरा बस्दै आएका प्रविन पुर्जा, काठमाडौँ घर भई पोखरा बसोबास गर्नुहुने राजेश शर्मा र प्रमिला पाठक बाढीपछि सम्पर्कविहीन भएको भनी उहाँहरूका आफन्तले जानकारी गराएको सहायक प्रजिअ बरालले बताP ।
“हालसम्म बाढीमा हराएका कास्कीका १४ जना परिवार र आफन्तको सम्पर्कमा नआएको पाइएको छ”, उgले भन], “बाढीमा सम्पर्कविहीन भएका अन्य व्यक्तिका विषयमा पनि विवरण प्राप्त हुने क्रम जारी छ ।”
प्रकाशित समय : २०:३८ बजे


















