काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

11.11K
shares

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबाट भर्खरैमात्र विभाजित नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलासहित ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ । केहिदिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन् । बास्तोला उक्त पार्टीको संयोजक बनेका छन् ।

विप्लव नेतृत्वले अघोषित रुपमा निर्वाचनमा भाग लिएका बेला बास्तोला नेतृत्वको पार्टीले निर्वाचन बहिष्कार गरेको छ ।  प्रहरीले निर्वाचन बहिस्कार गर्ने समूहलाई निगरानी गरिरहेको छ ।