गृहपृष्ठ भोटेकोशी बाढीः पोखराका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीः पोखराका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीः पोखराका १० जना सम्पर्कविहीन

कास्की । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि पोखराका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्राप्त जानकारीका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

सम्पर्कविहीन हुनेमा महिला र पुरुष समान पाँचरपाँच जना छन् । पोखरा(१७ की सविना पौडेल, पोखरा(१५ का छमप्रकाश थापा र मनु बुढा, पोखरा(५ की सृष्टि बास्तोला, पोखरा(६ का अभिषेक आचार्य, पोखरा(१२ का लिलाबहादुर थापा र सुमन श्रेष्ठ, पोखरा(१५ की देवीकुमारी गुरुङ, पोखरा(१३ की विनु गुरुङ तथा पोखरा(१४ का गोविन्दबहादुर अधिकारी रसुवाबाट सम्पर्कविहीन भएका छन् ।

त्यस्तै, स्थायी ठेगाना धनगढीमाई नगरपालिका सिराहाका आनन्दकुमार महतो, सिन्धुलीका प्रवीन पुर्जा, काठमाडौँमा भएका राजेश शर्मा र प्रमिला पाठक पनि सम्पर्कविहीन भएका भन्दै खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएको सहायक प्रजिअ बरालले बताए । बेपत्ता भएकाहरु रोजगारी, तीर्थयात्रालगायत कामका लागि गएकाहरू रहेका आफन्तबाट जानकारी पाइएको प्रजिअ बरालले बताए ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीबाट रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित विभिन्न क्षेत्रमा रोजगारी, व्यापार व्यवसाय तथा अन्य कामकाजको सिलसिलामा गई विपद्पश्चात् हालसम्म आफन्तको सम्पर्कमा नआएका कोही भएमा हुलियासहित प्रहरीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

 

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु