काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घट्यो सुनको मूल्य, प्रतितोला ९८ हजारमा काराेबार हुँदै

14.81K
shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।