global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धनले ललितपुर र डडेल्धुरामा चुनावी सभा गर्दै, देउवा मतदान गरेर मात्रै काठमाडाैं फर्किने

गठबन्धनले ललितपुर र डडेल्धुरामा चुनावी सभा गर्दै, देउवा मतदान गरेर मात्रै काठमाडाैं फर्किने

गठबन्धनले ललितपुर र डडेल्धुरामा चुनावी सभा गर्दै, देउवा मतदान गरेर मात्रै काठमाडाैं फर्किने

सत्ता गठबन्धनले आज ललितपुर र डडेल्धुरामा चुनावी सभा गर्दैछ । गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको उम्मेदवार बनेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेल्धुरामा हुने चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले सम्बोधन गर्नेछन् ।

देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् । चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु