global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन, प्रधानमन्त्री, मन्त्री र सांसदका घरमा आगजनी

श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन, प्रधानमन्त्री, मन्त्री र सांसदका घरमा आगजनी

श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन, प्रधानमन्त्री, मन्त्री र सांसदका घरमा आगजनी

श्रीलंकामा केही महिनादेखि जारी आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढेका छन् ।

सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएको स्थानीय मिडियाले जनाएका छन् । यस क्रममा एक सांसद र एक प्रहरी अधिकृत पनि मारिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी समेत गरेका छन् ।

झडपको क्रममा २ सय जना घाइते भएको डेली मिररले जनाएको छ । सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तैपनि हिंसा रोकिएको छैन । मंगलबार राष्ट्रपति गोटाबाया राजापाक्षेले प्रधानमन्त्रीको राजीनामा स्वीकार गरिसकेका छन् । अहिले कोलम्बो सहितका सहरमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ ।

केही महिनादेखि नै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी हुन थालेको छ । हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएपछि श्रीलंकामा गृहयुद्ध निम्तिनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु