global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकामा सत्तापक्षका सांसदले पहिले प्रदर्शनकारीमाथि गोली चलाए अनि आफैमाथि चलाएर आत्महत्या गरे

श्रीलंकामा सत्तापक्षका सांसदले पहिले प्रदर्शनकारीमाथि गोली चलाए अनि आफैमाथि चलाएर आत्महत्या गरे

श्रीलंकामा सत्तापक्षका सांसदले पहिले प्रदर्शनकारीमाथि गोली चलाए अनि आफैमाथि चलाएर आत्महत्या गरे

श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडपको क्रममा सत्ताधारी दलका एक जना सांसदले आत्महत्या गरेका छन् । सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए, अनि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको बीबीसीले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएका थिए । उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाल्यो । त्यसपछि उनले आफैंलाई गोली हानेका थिए ।

श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु र १३८ जना घाइते भएका छन् । प्रदर्शन उग्र बन्दा गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकको आक्रोश बढेको छ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु