गृहपृष्ठ रोल्पाको गंगादेवमा झडप : तरुणदलका वडाध्यक्ष घाइते
रोल्पाको गंगादेवमा झडप : तरुणदलका वडाध्यक्ष घाइते

रोल्पाको गंगादेव गाउँपालिका-५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् ।
माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गंगादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए । तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ ।
उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि डीएसपी विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रकाशित समय : १४:१७ बजे