काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

2.02K
shares

पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार मस्को र कीभबीच पछिल्ला हप्ताहरूमा एक अर्कामाथिको आक्रमण तीव्र बनेका छन्, जबकि सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको वार्ता प्रभावकारी रूपमा स्थिर रहेको छ ।

डिनिप्रोपेट्रोभ्स्क क्षेत्रका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सान्दर गान्झाले टेलिग्राममा तीन जिल्लामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको बताएको छन ।

निप्रोपेट्रोभ्स्कको निकोपोल जिल्लामा ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

पोल्टाभा क्षेत्रका क्षेत्रीय सैन्य प्रशासन प्रमुख भिटाली ड्याकिभ्निचले शनिबार साँझ भएको रुसी आक्रमणमा दुई जनाको मृत्यु र १३ जना घाइते भएका छन्, जसमा छ जना बालबालिका समेत रहेको बताएको छन । रुसको रक्षा मन्त्रालयले रातभर २३९ युक्रेनी ड्रोन खसालेको जनाएको छ ।रासस