काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा, शीर्ष नेताले सम्बोधन गर्दै

8.85K
shares

स्थानीय तह निर्वाचनकाे मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूकाे दाैडधूप तीव्र छ । दलका शिर्ष नेताहरूलाई चुनावी सभामा सहभागी हुन भ्याइनभ्याई छ । सत्ता पक्ष र प्रतिपक्ष दुवै हाेडबाजीकै शैलीमा सभा गरिरहेका मात्र छैनन्, आचारसंहिताकाे उल्लंघन गर्दै आराेप-प्रत्याराेपमै उत्रिएका छन् ।

यसै क्रममा सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगिसकेका छन् । देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी आर्मी ब्यारेक उत्रिएका हुन् । सभामा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार बेलुकी नै धनगढी पुगेका छन् ।

धनगढीको सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।  कांग्रेसले मंगलबार डडेलधुरा चुनावी सभा राखेको छ । प्रचण्डले सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरी लगायतका क्षेत्रमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएकाे छ ।