nmb bank

गृहपृष्ठ ‘अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्यो’

‘अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्यो’

‘अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्यो’

अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहोर्‍याएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसदमा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त भएका थिए । आफूलाई सत्ताच्यूत गर्न अमेरिकाले षडयन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् । अविश्वासको प्रस्तावबाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले अमेरिकाले अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताएका छन् ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु