काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनकाे मूल्य ९८ हजार २०० रुपैयाँमा झर्‍याे

13.31K
shares

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । आजको बजार मूल्य तोक्दै सुनको कारोबार मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा आइपुगेको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ थियो ।

वैशाख ५ गते तोलामा १ लाख २ हजार ५०० कायम भएको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ ।