global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियाे)

अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियाे)

अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियाे)

गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् । मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ ।

भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् । आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ । गीतकार बिकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका उनले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।

भिडियाे :

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु