गृहपृष्ठ अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियाे)

अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियाे)

अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियाे)

गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् । मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ ।

भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् । आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ । गीतकार बिकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका उनले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।

भिडियाे :

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु