काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाली खेलाडीलाई अस्ट्रेलियामा काँस्य

12.1K
shares

नेपालकी सरिता श्रेष्ठले कोबे-ओसाका अस्ट्रेलिया कराते च्याम्पियनसिपमा आइतबार काँस्य जितेकी छन् । महिला एकल कातामा सरिताले काँस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।

अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले ३ खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

सेमिफाइनलमा पराजित भएपछि सरिता काँस्यमै सीमित भइन् ।