गृहपृष्ठ बढेर आयो पेट्रोलकाे मूल्य, निगमलाई ५ अर्ब १९ कराेड घाटा हुने स्थिति
बढेर आयो पेट्रोलकाे मूल्य, निगमलाई ५ अर्ब १९ कराेड घाटा हुने स्थिति

इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थकाे मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दबाव परेको छ ।
निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको हाे । डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको निगमले जनाएको छ । विगतमा डिजेलभन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजलको लागत बढी भएको छ । यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ । यस्तै, खाना पाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको निगमले जनाएको छ ।
आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको छ । यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ । यो मूल्यअनुसार अब समग्रमा निगमलाई पाक्षिक अर्थात १५ दिनमा ५ अर्ब १९ करोड रूपैयाँ घाटा हुने अवस्था सिर्जना भएकाे छ ।
निगमकाे विज्ञप्ति :
प्रकाशित समय : ०१:४९ बजे