गृहपृष्ठ बागी उम्मेद्वारलाई दबाब दिन राज्यसत्ताको प्रयोग
बागी उम्मेद्वारलाई दबाब दिन राज्यसत्ताको प्रयोग
भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेद्वार रेनु दाहालविरुद्ध बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेललाई फिर्ता बोलाउन गृहमन्त्री बालकृष्ण खाण बुधबारदेखि चितवनमा छन् । पौडेललाई उम्मेद्वारीबाट पछि सार्ने प्रयास स्वरुप राज्यमन्त्री उमेश श्रेष्ठसमेत विहिबारदेखि चितवनमै छन् ।
सरकारका दुईमन्त्री नै नेपाली कांग्रेसका नेता पौडेलको बागी उम्मेद्वारी फिर्ताका लागि चितवनमा रहेपनि प्रयास सफल भएको छैन । किनकि पौडेल ब्याक नहुने अडानमा छ । उनलाई भेट्न वर्तमान र भूतपूर्व भीभीआईपीहरुको लर्को लागेको छ ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत भरतपुरमै पुगेर पौडेललाई फकाइरहेका छन् ।
उनको उम्मेदवारीले गठबन्धन नै प्रभावित हुने र स्थानीय समिकरण विथोलिने भन्दै मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्री राज्यको स्रोतसाधनसहित पौडेललाई फकाउन भरतपुर पुगे ।
भरतपुरबाहेक पोखरामा पनि कांग्रेसका विमलबहादुर कार्की, नन्दप्रसाद तिवारीसहित ३ जनाको बागी उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीका धनराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन् ।
उपमहानगरका साथै नगर र गाउँपालिकाहरुमा पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबाट बागी उम्मेदवारी परेको छ । एमालेको केही कम छ, बागी उम्मेदवारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार वक्तव्य जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन भनेका छन् ।
प्रकाशित समय : १६:२९ बजे

















