गृहपृष्ठ बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने तयारीमा कांग्रेस
बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने तयारीमा कांग्रेस
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ । यदी कसैले आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको छ । नत्र कारबाही गर्ने तयारी कांग्रेसले गरेको छ ।
'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
देशका विभिन्न पालिकामा कांग्रेसका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेपछि पार्टीले शुक्रबार यस्तो निर्देशन दिएको हो ।
प्रकाशित समय : १५:५० बजे


















