गृहपृष्ठ प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य
प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य
साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १२ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : १६:४८ बजे

















