nmb bank

गृहपृष्ठ एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले मात्र घट्दै आज एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु