गृहपृष्ठ १९औं एशियन गेम्सको लागि बक्सिङ खेलाडी छनाेट सुरु
१९औं एशियन गेम्सको लागि बक्सिङ खेलाडी छनाेट सुरु
नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९औ एशियन गेम्सका लागि यही अप्रिल २७ देखि ३० सम्म देशव्यापी प्रारम्भिक बक्सिङ छनाेट खेल सुरु गरेको छ ।
छनाेटअन्तर्गत भएको प्रारम्भिक खेलमा फ्लाइट वेट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन् । त्यसैगरी सोही तौल समूहमा आर्मीकै ललिता महर्जनले एपीएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन् ।
फ्लाइ वेट तौल समूहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बागमती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन्र भने सोही तौल समूहमा बागमती प्रदेशका सुस्मा तामाङले बागमती प्रदेश 'ए' कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन् । त्यसैगरी महिला वैन्टम वेट तौल समूहमा बागमती प्रदेशका हेमा राईले बागमती प्रदेश 'ए'कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन् ।
पुरुषका खेलहरुमा ५२ केजी ताैल समूहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापाललाई क्रमश ३:२ र ५:० अंककाे आधारमा पराजित गरे । त्यसैगरी ५७ केजी ताैल समूहमा नेपाल आर्मी 'बी'का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी 'ए'का खेलाडी ईन्द्र बहादुर सुनारले वाक ओभरका आधारमा जिते ।
६३ केजी ताैल समूहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी 'ए'का खेलाडी लालु आले मगरले ५:० अंककाे आधारमा र साेही ताैल समूहमा बागमती प्रदेश 'ए'का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासविरूद्ध ४:१ अंककाे आधारमा जित हासिल गरे । त्यसैगरी ७५ केजी ताैल समूहमा बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ललितपुरका खेलाडी साजन थिंङ तामाङले ३:२ अंककाे आधारमा र लुम्बिनी प्रदेशका खेलाडी विकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५:० अंककाे आधारमा जित हात पारे ।
प्रकाशित समय : १७:२१ बजे



















