nmb bank

गृहपृष्ठ बागीलाई देउवाको अपिल – साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी सोचेर फिर्ता लिनुस्

बागीलाई देउवाको अपिल – साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी सोचेर फिर्ता लिनुस्

बागीलाई देउवाको अपिल – साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी सोचेर फिर्ता लिनुस् प्रधामन्त्री तथा कांग्रेस सभापति / फाइल फोटो

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टी र गठबन्धनविरुद्व दिएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उनले बताएका छन् ।

एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

‘स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो,’ देउवाले थप भनेका छन्, ‘पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बिचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा गठबन्धनको पटक-पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि सातवटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको छ । म यही कुरा पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दछु ।’

यस्ताे छ अपिल ः

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु