nmb bank

गृहपृष्ठ चुम्लुङको अपिल- विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गरौं

चुम्लुङको अपिल- विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गरौं

चुम्लुङको अपिल- विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गरौं

किरात याक्थुङ चुम्लुङले विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गर्न लिम्बु समुदायमा अपिल गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै चुम्लुङले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आदिवासी लिम्बु/याक्थुङहरूको सवाल र मुद्दाहरूमा सहमत एजेन्डा भएका, सोबमोजिम कार्यन्वयनमा प्रतिवद्ध साथै पक्षमा काम गरेका/गर्ने उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको हो ।

‘आदिवासी लिम्बुहरूको आस्था, भावना र चाहनाविपरीत कस्ता काम गरेका थिए ? र, आगामी चुनावी एजेन्डा र प्रतिवद्धताहरू याक्थुङहरूको पक्षमा कति गरेका छन् ? भन्ने आधारमा मतदान गर्न आम लिम्बुहरूमा दोस्रो संघीय बैठकको निर्णयअनुसार अनुरोध गर्दछ,’ चुम्लुङले भनेको छ । स्थानीय तहको निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउने भन्ने अहं भूमिकामा आदिवासी लिम्बुहरू पनि निर्णायक हुने भएको उल्लेख गर्दै चुम्लुङले संस्थाको तर्फबाट १० बुँदे सवाल पनि सार्वजनिक गरेको छ ।

ती सवालहरुमा स्पष्ट नीति तथा कार्यक्रमहरू समेटेर आगामी स्थानीय तहको निर्वाचनमा राजनैतिक दल र उम्मेद्वारहरूले आफ्नो चुनावी एजेन्डाहरू प्रतिवद्धताका साथ ल्याउन आवश्यक भएको र यिनै एजेन्डा र प्रतिबद्धतालाई हेरेर मत दिइनु पर्ने चुम्लुङको धारणा छ । चुम्लुङ लिम्बुहरूको साझा प्रतिनिधिमूलक गैरराजनीतिक संस्था भएकाले सबै राजनीतिक दलहरूलाई समान तवरले सम्मान गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष प्रेम येक्तेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी लिम्बु वा याक्थुङहरूले उठाएका सवालहरूको पक्षमा प्रष्ट चुनावी एजेन्डामा प्रतिवद्ध, क्षमतावान् र इमान्दारिताका साथ काम गर्न कटिबद्ध उम्मेदवारहरूलाई विश्वासको आधारमा आफ्नो अमूल्य मत दिनु हुन सबै लिम्बु/याक्थुङहरूमा किरात याक्थुङ चुम्लुङ लुङमेन्दिङ अपिल जारी गर्दछ ।’

अपिल :

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु