गृहपृष्ठ अब हप्तामा २ दिन सार्वजनिक बिदा, कार्यालय समय लम्बियाे
अब हप्तामा २ दिन सार्वजनिक बिदा, कार्यालय समय लम्बियाे
सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ । जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९:३० बजे र साँझ ५:३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’
नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषदमा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।
प्रकाशित समय : २०:३९ बजे



















