nmb bank

गृहपृष्ठ प्रचार र प्रतिबद्धताको पुरानै शैली

प्रचार र प्रतिबद्धताको पुरानै शैली

प्रचार र प्रतिबद्धताको पुरानै शैली

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेद्वारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारहरूले पुरानै प्रचारशैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् ।

भंगाहा नगरपालिका-३ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्छिन्, 'सबैका नारा उही पुराना छन् ।' जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामा उम्मेद्वारहरू पम्पलेट, ब्यानर र अन्य प्रचार सामग्रीसहित मतदातामाझ धाउन थालेका छन् ।

भंगाहा-५ सीतापुरका ८५ वर्षीय मानबहादुर भुजेल भन्छन्, 'चुनावी नारा पूरानै छन्, नारामा पत्यार र आकर्षण छैन ।' संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि निर्वाचित जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

बर्दिबास-१४ का ७० वर्षीय खड्गबहादुर सिंह भनछन्, 'जनजीविकाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन ।' मुुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता यसपाली दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । आसन्न निर्वाचनमा जनताको मत पाउने अपेक्षासाथ घरदैलो थालेका उम्मेद्वारले अब परम्परागत प्रचारशैली र प्रतिबद्धताको सट्टा ठाउँ-ठाउँका आवश्यकता पहिचान गरी तिनको समाधानको प्रक्रिया बताएर आश्वस्त बनाउनुपर्ने अवस्था छ ।

सबैजसो मतदाता भेट्न घरघरै पुग्दैछन् । जिल्लामा ७३० पदका लागि तीन हजार ५५३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । दश १० नगरका नगरप्रमुखका लागि १५० र पाँच गाउँपालिकाका अध्यक्ष पदका लागि ८६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै १० नगरपालिकाका उपप्रमुखमा ३८ र पाँच गाउँपालिका उपाध्यक्षमा १९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाका १३८ वडाका वडाध्यक्षका लागि ८८५, वडाका महिला सदस्यमा ५८३, दलित महिला सदस्यमा ५५४ र वडा सदस्यमा एक हजार १७३ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए ।

कूल तीन लाख ३६ हजार ९५ मतदाताका लागि २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु