गृहपृष्ठ सरकारले १० प्रकारका सामान भित्र्याउन राेक लगायो, माेबाइलदेखि बुलेट बाइकसम्म बन्देज
सरकारले १० प्रकारका सामान भित्र्याउन राेक लगायो, माेबाइलदेखि बुलेट बाइकसम्म बन्देज
सरकारले १० प्रकारका सामानको आयातमा बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट र रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका) रहेका छन् । त्यस्तै, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र खेल्ने तासकाे पनि आयातमा राेक लगाइएकाे हाे ।
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।
राजपत्रमा प्रकाशित सूचना :
प्रकाशित समय : १४:५६ बजे


















