nmb bank

गृहपृष्ठ अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव बुधबार फेला परेको प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरले जानकारी दिएका छन ।

तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परी ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला परेको हुँदा परिवारलाई हस्तान्तरण गरिएको अधिकारीले बताएका छन् ।

कामगरले घटनाबारे थप विवरण भने दिएनन । बदाख्सान लगायत अफगानिस्तानका केही भागहरूमा विगत केही हप्तादेखि भारी वर्षा, बाढी, हिमपात भएको थियो र अहिले यो शान्त भएको छ ।

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु