गृहपृष्ठ महानगरको मतपत्र अलग्गै डिजाइन गर्ने निर्णयप्रति एमालेको आपत्ति
महानगरको मतपत्र अलग्गै डिजाइन गर्ने निर्णयप्रति एमालेको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मतपत्र फरक डिजाइन गर्न लागिएको विषयप्रति आपत्ति जनाएको छ । एमाले आज एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो ।
महानगरको मतपत्र अलग्गै डिजाइन गरेकोमा एमालेले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगबाट भक्तपुर जिल्ला र छ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनी सार्वजनिक निर्णयप्रति आपत्ति जनाएको हो । एमालेले निर्वाचन आयोगले सत्तारुढ दलहरूको दबाबले महानगरपालिकाको मत पत्र अलग गर्ने लागेको आरोप लगाएको छ ।
हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नुहुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्नेजस्ता कामहरू निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा एमालेले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष तरिकाले मतपत्र छाप्न आग्रह गरेको छ ।
प्रकाशित समय : २३:२५ बजे