गृहपृष्ठ कम्युनिष्ट पार्टीहरु ७४ औं स्थापना दिवस मनाउँदै

कम्युनिष्ट पार्टीहरु ७४ औं स्थापना दिवस मनाउँदै

कम्युनिष्ट पार्टीहरु ७४ औं स्थापना दिवस मनाउँदै

नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दैछ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिने एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा कार्यक्रम हुने एमालेले जनाएकाे छ ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु