गृहपृष्ठ सुन्दरले सार्वजनिक गर्यो पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर
सुन्दरले सार्वजनिक गर्यो पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर

सुन्दर यातायातले पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भारतीय तथा चिनियाँ प्राविधिकको सहजीकरणमा सुन्दर अटो इन्जिनियरिङले तयार गरेका स्कुटर सार्वजनिक गरेको हो ।
यी स्कुटर ब्याट्री पूरा चार्ज गर्दा एक सय किलोमिटरसम्म गुड्न सक्छन् । ब्याट्रीबाट चलाउन मन नलागेको अवस्थामा अथवा ब्याट्रीको चार्ज सकिएको अवस्थामा पेट्रोलबाट चलाउन सकिन्छ । यसका लागि स्कुटरका बटन राखिएको छ । आवश्यकता अनुसार बटन रोज्न सकिन्छ । कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ ।
यसबाहेक कम्पनीले पार्टपुर्जा आयात गरी विद्युतीय मोटरसाइकल तथा अन्य स्कुटरहरु पनि तयार गरिरहेको छ । मोटरसाइकल बजारमा बिक्री गर्ने अनुमति भने पाइसकेको छैन। हालसम्म एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
उनले पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा बिजुलीबाट चल्ने स्कुटर चढ्दा धेरै सहुलियत मिल्ने बताए । ‘एक सय ६० रुपैयाँ रुपैयाँ पर्ने एक लिटर तेलले २५ किलोमिटर गुड्छ । विद्युतीय स्कुटर सोही किलोमिटर गुड्दा सात रुपैयाँ मात्र खर्च हुन्छ,’ अध्यक्ष थापाले भने ।
प्रकाशित समय : २३:३३ बजे