global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ओलीको फाँसीवादी प्रवृत्ति अन्त्य भएपछि वाम एकता हुन्छ : प्रचण्ड

ओलीको फाँसीवादी प्रवृत्ति अन्त्य भएपछि वाम एकता हुन्छ : प्रचण्ड

ओलीको फाँसीवादी प्रवृत्ति अन्त्य भएपछि वाम एकता हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि पनि वामपन्थी एकता हुनसक्ने बताएका छन् । आज कैलालीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादी एक नम्बर कम्युनिस्ट पार्टी बन्नेबित्तिकै फेरि कम्युनिष्टहरूको बीचमा ध्रुवीकरण हुनसक्ने र गठबन्धन नयाँ शिराबाट अगाडि बढ्ने बताए ।

उनले एमाले अध्यक्ष ओलीको सामाजिक फाँसीवादी प्रवृत्ति अन्त्य भएपछि वाम एकता हुने बताएका हुन् । उनले यसपटक ओलीको त्यस्ताे प्रवृत्तिलाई पूरै पराजित गर्नुपर्ने बताए । 'मलाई के लाग्छ भने, ओलीको सामाजिक फाँसीवादी प्रवृत्तिलाई परास्त गरेपछि फेरि वाम एकता हुनसक्छ । त्यो एकता माओवादी र प्रचण्डको नेतृत्वमा हुन्छ,' उनले भने ।

साथै उनले अहिलेको गठबन्धनलाई बलियो बनाए माओवादीलाई वामपन्थीमध्ये पहिलो पार्टी बन्न सम्भव रहेको बताए ।

प्रकाशित समय : २३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु