गृहपृष्ठ भारतमा काेराेना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले भन्याे- जोखिम कायमै छ, सतर्कता अपनाऔं

भारतमा काेराेना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले भन्याे- जोखिम कायमै छ, सतर्कता अपनाऔं

भारतमा काेराेना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले भन्याे- जोखिम कायमै छ, सतर्कता अपनाऔं

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको हाे ।

वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउनु पर्ने मन्त्रालयले उल्लेख गरेकाे छ । विज्ञप्तिमा भनिएकाे छ, 'संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न, गराउन मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’

मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन पनि अनुरोध गरेको छ । पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा लगाउन मन्त्रालयकाे आग्रह छ ।

विज्ञप्ति :

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु