गृहपृष्ठ नेपाल भित्रियो अमेरिकन ब्रान्ड ‘टोमी हिलफिगर’

नेपाल भित्रियो अमेरिकन ब्रान्ड ‘टोमी हिलफिगर’

नेपाल भित्रियो अमेरिकन ब्रान्ड ‘टोमी हिलफिगर’

कपडाहरूका लागि प्रसिद्ध अमेरिकन ब्रान्ड टोमी हिलफिगर नेपाल भित्रिएको छ । नेपालका लागि आरपी ग्रुपले पहिलो पटक यो ब्रान्ड नेपालमा ल्याएको हो ।

मल्टी आउटलेट ब्रान्डअन्तर्गत टोमी हिलफिगर ब्रान्डको आउटलेट ललितपुरको लबिम मलमा सञ्चालनमा आएको छ । बालबालिका, महिला र पुरुषहरूका लागि टोमी हिलफिगर प्रसिद्ध छ । अन्तर्राष्ट्रिय ब्रान्डका पारखीहरूलाई मध्यनजर गरेर टोमी हिलफिगरको आउटलेट सञ्चालनमा ल्याइएको आउटलेट म्यानेजर राम केसीले बताए ।

आरपी ग्रुपले नेपालमा अर्को प्रसिद्ध ब्रान्ड 'सेलियो' पनि भित्र्याउँदै छ । त्यसका लागि ग्रुपले दरबारमार्गमा आउटलेट बनाइरहेको छ । यसले नेपालमा लुइस फिलिप, इन्डियन टेरियन, डब्लु ओरेलियो, रोसो ब्रुन्सेलो लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर बिक्री-वितरण गरिरहेको छ ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु