गृहपृष्ठ एमालेप्रति देशभरका जनताहरूकाे भरोसा बढ्दै गएको छ : ओली
एमालेप्रति देशभरका जनताहरूकाे भरोसा बढ्दै गएको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओली । फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति देशभरका जनताहरूकाे आशा भरोसा बढ्दै गएको बताएका छन् । आज काठमाडौंमा आयोजित नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै उनले नेकपा एमालेले देशभरका जनतारूकाे विशवास जित्दै गएकाे दाबी गरे ।
एमाले अध्यक्ष ओलीले जहाँ नेपाली जनता रहन्छन्, त्यहाँ एमाले रहने पनि बताए । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा ओलीकाे चुनावी दाैडधूप बढ्दाे छ । उनी दिनहुँजसाे सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
प्रकाशित समय : २०:२५ बजे



















