global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंकले कमायाे ३ अर्ब ७३ करोड नाफा

ग्लोबल आइएमई बैंकले कमायाे ३ अर्ब ७३ करोड नाफा

ग्लोबल आइएमई बैंकले कमायाे ३ अर्ब ७३ करोड नाफा

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७३ करोड रूपैयाँ मुनाफा कमाएकाे छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले गत वर्षकै तुलनामा ४ दशमलव १३ प्रतिशत बढी नाफा गरेको हो ।

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । ९ महिना अवधिमा बैंकको खुद सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरणमा उल्लेख भएअनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा  बैंकले १३ दशमलव ८ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब ६० अर्ब रूपैयाँ पुर्‍याएको छ । निक्षेप संकलन २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाएको छ । २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिजर्भमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ राखेको छ ।

नाफा बढे पनि चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित समय : २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु