गृहपृष्ठ सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक (भिडियो)
सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक (भिडियो)
सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक भएको छ । मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्ममा उत्तम सञ्जेलको निर्देशन कथा, पटकथा र संवाद रहेको छ । फिल्ममा धन-सम्पत्तिका लागि छोरा-छोरीले आमा-बुबालाई के र कतिसम्म गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ । नवीन घर्ती मगरको सम्पादनमा रहेको फिल्मलाई दुर्गा पौडेलले छायांकन गरेका छन् ।
ओएसआर डिजिटलमार्फत रिलिज गरिएको फिल्ममा मिथिलाको अलावा अजय अधिकारी ‘सुशील’, साक्षी लम्साल, सन्दीप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी, रविन दोङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्म हेर्नुहोस्:
प्रकाशित समय : २१:२० बजे



















