काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीलाई

12.73K
shares

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ४०-१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एपीएफले नगद ८० हजारमा चित्त बुझायो । सेमिफाइनलमा पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले समान ४० हजार प्राप्त गरे ।

सुदुरपश्चिम खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई आजै आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ ।