global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि घट्यो नेप्से, काराेबार रकम पनि खस्कियाे

फेरि घट्यो नेप्से, काराेबार रकम पनि खस्कियाे

फेरि घट्यो नेप्से, काराेबार रकम पनि खस्कियाे

बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुन: गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको छ । यस्तै 'क' वर्गको सेन्सेटिभ इन्डेक्ससमेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको छ । १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ३.८२ अंकले घटेको छ भने अन्य समूह ३.०५ अंकले घटेको छ ।

यस्तै, विकास बैंक समूहको उपसूचक २.६१ प्रतिशतले, होटल तथा पर्यटन समूह २.२५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक २.१२ प्रतिशतले घटेको छ । अन्य बाँकी उपसूचकहरु २ प्रतिशतभन्दा कम दरमा घटेका छन् । आज जम्मा एक अर्ब ४५ करोड ८७ रुपैयाँको मात्र कारोबार भएको छ ।

गत मंगलबार २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता सेयर २७ हजार ८४१ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा समेटिएको थियाे ।

बुधबारकाे तथ्यांक :

प्रकाशित समय : २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु