काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानमा आगलागी : ९ बालबालिकाको मृत्यु, २० घाइते

17.91K
shares

पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मंगलबार राती ९ बजे आगलागी सुरु भएको थियो ।