गृहपृष्ठ एनआइसी एशियाकाे निक्षेप संकलन ३०२.८१ अर्ब, मुनाफा कति ?
एनआइसी एशियाकाे निक्षेप संकलन ३०२.८१ अर्ब, मुनाफा कति ?
एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को यो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पुर्याएको छ । साथै, कुल निक्षेप संकलन ३०२.८१ अर्ब रुपैयाँ पुर्याएको छ ।
बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ ३.६० अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ । यो वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी, बैंकको स्वपुँजीमा प्रतिफल २१.४६ प्रतिशत, वार्षिक प्रतिसेयर आम्दानी ४१.९४ रुपैयाँ रहेको छ । यो २७ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रहेको बैंककाे अनुमान छ ।
कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई तेस्रो त्रयमाससम्म ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
प्रकाशित समय : २०:५३ बजे