global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १५ बैंकको नाफा बढ्दा १२ वटाको घट्यो : अंकमा ग्लोबल अगाडी, प्रतिशतमा सेन्चुरीको छलाङ

१५ बैंकको नाफा बढ्दा १२ वटाको घट्यो : अंकमा ग्लोबल अगाडी, प्रतिशतमा सेन्चुरीको छलाङ

१५ बैंकको नाफा बढ्दा १२ वटाको घट्यो : अंकमा ग्लोबल अगाडी, प्रतिशतमा सेन्चुरीको छलाङ

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १२ वटाको नाफा घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल नाफा ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ ।

प्रतिशतको आधारमा सेन्चुरीको नाफामा उच्च वृद्धि

यस अवधिमा प्रतिशतको आधारमा सेन्चुरी कमर्शियल बैंकको नाफ उच्च बढेको छ । यस अवधिमा सेन्चुरी बैंकको नाफा १८३.५२९ प्रतिशतले बढेको छ । त्यस्तै सिभिल बैंकको नाफा ७९.९०५ प्रतिशत, नेपाल एसबीआई बैंकको नाफा ४७.९५७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ३७.६१० प्रतिशत, एनसीसी बैंकको नाफा ३५.१०३ प्रतिशत, माछापुच्छ्रे बैंकको नाफा २०.२३५ प्रतिशत, एनआइसी एसिया बैंकको नाफा १९.९६१ तथा सनराइज बैंकको नाफा १३.०४० प्रतिशतले बढेको छ ।

अंकको आधारमा ग्लोबल आगाडी

अंकको आधारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । यस अवधिमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड नाफा कमाएको छ भने एनआइसी एसिया बैंकको नाफा ३ अर्ब ६० करोड रहेको छ । त्यस्तै नबिल बैंकको नाफा ३ अर्ब ३५ करोड, प्राइम बैंकको नाफा २ अर्ब ७२ करोड, एनएमबीको २ अर्ब ६६ करोड , राष्ट्रिय बाणिज्य बैंकको २ अर्ब ६१ करोड तथा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ४७ करोड रहेको छ ।

१२ बैंक नाफा घट्यो

यस अवधिमा १२ वटा बैंकको नाफा भने घटेको छ । प्रतिशतको आधारमा लक्ष्मी बैंकको नाफा सबैभन्दा धेरै ३३.३१४ प्रतिशतले घटेको छ भने नेपाल बंगलादेश बैंकको नाफा ३२.१८२ प्रतिशत, र बैंक अफ काठमाडौँको नाफा २५.५३२ प्रतिशतले घटेको छ ।

३ बैंकको नाफा अर्ब भन्दा कम

यस अवधिमा ३ वटा बैंकको नाफा अर्बभन्दा कम रहेको छ । लक्ष्मी बैंक, बैंक अफ काठमाडौँ, र सिभिल बैंकको नाफा अर्बभन्दा कम रहेको हाे । यी बैंकहरुको नाफा क्रमश: ८५ करोड ८९ लाख, ८७ करोड ७ लाख र ९० करोड ४१ लाख रहेको छ ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु