गृहपृष्ठ काममा फर्किए गभर्नर अधिकारी, कर्मचारीहरूले  गरे स्वागत 

काममा फर्किए गभर्नर अधिकारी, कर्मचारीहरूले  गरे स्वागत 

काममा फर्किए गभर्नर अधिकारी, कर्मचारीहरूले  गरे स्वागत 

गत चैत्र २४ गते निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । गभर्नर अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका छन् ।

सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषदकाे चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी आजबाट कममा फर्किएका हुन् । गभर्नर अधिकारीले काम गर्न कुनै अफ्ठ्यारो नपर्ने बताएका छन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्रीसँग समेत सहकार्य गर्न सहज हुने बताए ।

अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु