global ime bank Long Banner Ad

गृहपृष्ठ उपकार लघुवित्तको आईपीओ बाँडफाँड शुक्रबार, ९९ जनाले नपाउने

उपकार लघुवित्तको आईपीओ बाँडफाँड शुक्रबार, ९९ जनाले नपाउने

उपकार लघुवित्तको आईपीओ बाँडफाँड शुक्रबार, ९९ जनाले नपाउने

उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख ९ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफााड गरिने मिति निर्धारण गरिएको छ ।

उच्च आवेदनका कारण उपकार लघुत्तको आईपीओ एक सय जनामध्ये ९९ जनाले सेयर नपाउने तथ्यांक देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको अन्तिम तथ्यांकका आधारमा उपलब्ध सेयर संख्या र आवेदक हेर्दा एक सय जनामा जम्मा १ जनाले मात्र सेयर पाउनेछन् । आईपीओ हात पार्न भाग्यकै भर्नुपर्नेछ ।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा देखिएको उच्च आकर्षणका कारण अन्तिम दिन बुधबारसम्ममा २४ लाख ३१ हजार १७० वटा आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ २२ हजार ११५ जनाले मात्रै पाउनेछन् । यो व्यवस्थाबाट २२ हजार ११५ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा २ लाख २१ हजार १५० कित्ता सेयर सकिनेछ ।

सर्वसाधारणमा बाँकी रहेको ६ कित्ता सेयर भाग्यशाली ६ जना आवेदकलाई थप १र१ कित्ताका दरले पाउनेछन् । प्रशोधन नभएको तथ्यांकका आधारमा आईपीओमा २४ लाख ९ हजार ५५ जनाको हात खाली हुनेछ । लघुवित्तको सेयर खरीदका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको माग भएको छ । जुन लघुवित्तले सर्वसाधारणबाट माग गरेको २ लाख २१ हजार १५६ कित्ताको १२४।६४ गुणा बढी हो ।

उपकार लघुवित्त कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म जारी पूँजीको ३६ प्रतिशत बराबरको २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबारको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आईपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु