काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तुलसीपुरमा ५८९ मुद्दा दर्ता

903
shares

ai logo सारांश

  • लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन् ।
  • उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।
  • राजस्व चुहावट एक करोड ९७ लाख १७ हजार ७७२ रुपैयाँ बराबरको सामानसहित ४१ जनालाई पक्राउ गरिएको छ ।

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन् ।

उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । जघन्य अपराधतर्फ १०६, महिला तथा बालबालिकासम्बन्धी ४४ र आर्थिक अपराधतर्फ ३९ वटा घटना भएका छन् ।

त्यस्तै, अवैध भन्सार छलीतर्फ छ करोड ८७ लाख ३४ हजार रुपैयाँ बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको छ ।

राजस्व चुहावट एक करोड ९७ लाख १७ हजार ७७२ रुपैयाँ बराबरको सामानसहित ४१ जनालाई पक्राउ गरिएको छ । सवारीसाधन चेकजाँचका क्रममा एक हजार ४२८ व्यक्तिबाट एक करोड ४७ लाख ११ हजार राजस्व दाखिला भएको छ ।

प्राकृतिक सम्पदा दोहनतर्फ ७८ वटा सवारीसाधन जफत गरी २१ लाख १४ हजार ६०१ राजश्व दाखिला गरिएको छ । अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७०२ जरिवाना असुल गरिएको छ ।

अदालतको फैसला कार्यान्वयनतर्फ ३१४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । उनीहरुबाट दुई करोड ५० लाख २८ हजार ५४६ जरिवाना असुल गरिएको छ । प्रहरीले विभिन्न जिल्लाबाट ३३ थान भरुवा बन्दुक, पाँच थान ऐ।नाल र तीन थान पेस्तोलसहित अवैध हातहतियार जफत गरेको छ, भने लागुऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी १११ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुबाट ३६ केजी चरेस, १ किलो ग्राम ब्राउन सुगर, ९३ केजी गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद भएका छन् ।