काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

1.01K
shares

चितवन । ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् ।

एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए । अन्तरराष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपिएलमा पनि चितवन राइनोजबाट खेलेका थिए ।

इङ्गल्याण्डले सन् २०२२ मा ‘टि –२०’ विश्वकप हात पार्दा मलान महत्त्वपूर्ण सदस्य थिए । उनीे बायाँहाते ब्याटर र लेगब्रेक बलर हुन् ।

आजसम्म टेष्ट म्याचमा मलानको एक हजार ७४ रन रहेको छ र टेष्ट म्याचमा उच्चतम स्कोर १४० रहेको छ । यस्तै एकदिवसीयमा ३० खेल खेल्दै एक हजार ४५० रन पूरा गरेका छन् भने उनको एकदिवसीय खेलमा उच्च स्कोर १४० रहेको छ ।

त्यस्तै मलानले टि–२० मा ६२ खेल खेल्दै एक हजार ८९२ रन बनाएका छन् । उनको टि–२० को उच्चतम स्कोर १०३ रहेको छ । उनी आइसिसीको टी–२० अन्तरराष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ बनेको थियो ।