global ime bank Long Banner Ad

गृहपृष्ठ १३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

१३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

१३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

‘फ्रि फायर गेम’मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदास रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थमा उनी फेला परेकी थिइन् ।

थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाससँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरुमार्फत कुराकानी भई विवाह गर्नेलगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौं आएको खुलेको थियो ।

गत चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका-६ स्थित बसुन्धरामा राखी उदासले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उदासमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु